मकवानपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
२०८० मंसिर ३ गते

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ शान्तिटोलमा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ३८ वर्षीया निरा बजगाईंको मृत्यु भएको हो ।
द्रुत गतिमा हुइँकिएको ट्रकको ठक्करबाट उनको घटनास्थलमा नै मुत्यु भएको हो । चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ ।
२०८० मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








