अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै गौरीघाटमा मनाइयो छठ पर्व (तस्बिरहरू)

२०८० मंसिर ३ गते

काठमाडौँ । काठमाडौँस्थित गौरीघाटका छठ घाटमा भक्तजनहरूले अस्ताउदो सूर्यलाई अर्ध दिई छठ पर्व मनाएका छन् ।
छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यदेवलाई चढाउँछन् । भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पूजा सम्पन्न हुन्छ । व्रतालुहरू छठको पूजा गर्दा मनोकांक्षा पूरा हुने बताउँछन् ।
नरिवल, केरा, ठेकुवा लगायतका फलफूल र मिष्ठान्नद्वारा सूर्यदेवको पूजा गरिने उनीहरूले बताए । मनमा लिएको संकल्प पूरा गर्न र परिवारको कल्याण, रोगको निवारणका लागि सूर्यदेवको पूजा गर्ने गरेको उनीहरूको भनाइ छ ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने विश्वास छ । परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
तस्बिरहरू :

२०८० मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित