छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ । चितवन, भरतपुर महानगरपालिका–१३ उजेलीनगरमा ना.६ त ४७२८ नम्बरको ट्याक्टर र प्रदेश ३–००२–००९ प ९४९३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको निधन भएको छ ।

आइतबार दिउँसो भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ बस्ने १९ वर्षीय बिबेक अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका–६ शान्तिटोलमा ना.७ ख १८१६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीया निरा बजगाईको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =