१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
२०८० मंसिर ३ गते

बर्दिया । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
थारूले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०८० मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








