नेपालका बारेमा धेरैकुरा लेख्नेछु : बलिउड गीतकार समीर अञ्जान

काठमाडौँ । बलिउडका गीतकार समीर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । काठमाडौंको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिबार उनलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो ।

समीर विश्वमै सबैभन्दा बढी गीत लेख्ने गीतकार समेत हुन् । विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउनुभएका समिरले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेका छन् । कार्यक्रममा बोल्दै समिरले नेपाली भाषा धेरै प्रिय रहेको बताए । उनले नेपाली भाषा युद्धमा बोल्दा पनि माया गरेको जस्तो लाग्ने किसिमको मिठासपूर्ण रहेको बताए । आफू नेपालमा पहिलो पटक आएको र नेपालका बारेमा धेरैकुरा लेख्ने प्रतिवद्धता उनको जनाएका हुन् ।

कार्यक्रममा बोल्दै साहित्यकार वसन्त चौधरीले समिर अञ्जान कसैका लागि पनि अञ्जान नाम नभएको बताए । उनले मानिसहरु उहाँका गाना सुनेर र गुन्गुनाएर उहाँको माया प्रकट गर्ने बताए । उनले अञ्जानले भारतीय गीतहरु उल्लेख्य रुपमा रचना गरेको स्मरण गरे । गीतले हरेक मानिसलाई जिउन सिकाउने उनको भनाई छ ।

गीतकार समिरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *