चार्टर्ड एकाउन्टेन्ट खनाल कुमारी बैंकको सीईओमा नियुक्त

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार्टर्ड एकाउन्टेन्ट रामचन्द्र खनाल नियुक्त भएका छन्। शुक्रबार बसेको बैंकको सञ्चालक समिति बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघिका सीईओ रमेशराज अर्यालले राजीनामा दिएपछि रिक्त पदमा खनाललाई जिम्मेवारी दिइएको हो।

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई गाभ्नुअघि पनि खनाल कुमारी बैंकको सीईओ थिए। त्यसअघि एनआईसी एसिया क्यापिटलमा सीईओको जिम्मेवारी निर्वाह गरेका खनाल त्यहाँबाट कुमारी बैंक गएका थिए।

चार्टर्ड एकाउन्टेन्ट खनालको वित्तीय क्षेत्रमा साढे ११ वर्षको अनुभव छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =