चाडपर्व मनाएसँगै काठमाडौँ फर्किनेको भीड
२०८० मंसिर १ गते

काठमाडौँ । नेपालीहरूको महान चाड विजया दशमी र दीपावली मनाएर काठमाडौं उपत्यका फर्किनेहरूको संख्या बढेको छ ।
काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, थानकोटबाट उपत्यका भित्रिनेहरू चाडपर्वहरू सकिएसँगै फर्किन थालेका हुन् ।
सरकारी बिदा सकिएको र निजी क्षेत्रमा काम गर्नेहरूको पनि चाडबाड बिदा सकिएसँगै झोला बोकेर फर्किनेहरू राजधानीका सडकहरूमा बाक्लै देखिन्छन् ।
सरकारी तथा निजी कार्यालयहरू खुल्न थालेसँगै काठमाडौं उपत्यकाभित्र बसेर कामकाज गर्नेहरू तथा चाडपर्व मनाउन घर गएकाहरू फर्किन थालेका छन् ।
काठमाडौं उपत्यकाभित्र छिर्ने मुख्य नाकाहरू तथा बसपार्कमा शुक्रवार घरबाट काठमाडौं फर्किनेहरूको चहलपहल बाक्लो देखिन्छ ।
२०८० मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित








