टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चमा पर्‍यो रिट

काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषद्को निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।

टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरू विधिको शासन अनुसार हुनुपर्नेमा त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् ।

अधिवक्ता त्रिपाठीले सामाजिक सञ्जालमार्फत समेत भनेका छन्, ‘नेपाल सरकारद्वारा Tik Tok लाई प्रतिबन्धित गर्ने निर्णयलाई बदर गरि पाउ भनी मैले सर्वोच्च अदालतमा दर्ताका लागि रिट पेस गरेको छु ।’

सरकारले कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरेको थियो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव बिगार्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 8 =