भुईँमा लत्रिएको तार छोइनपुग्दा भाजवीर नेपालीको मृत्यु
२०८० मंसिर १ गते

बागलुङ । भुईँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर जिल्लाको निसीखोला गाउँपालिका-३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको मृत्यु भएको हो ।
गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुईँमा लत्रिएको तार कुल्चिँदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्ष मदन केसीले जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत् आयोजनाको लापरबाहीका कारण भाजवीरको मृत्यु भएको स्थानीयको आरोप छ ।
२०८० मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित








