विश्वकप छनोटमा नेपाल युएईसँग ४-० ले पराजित
२०८० कार्तिक ३० गते

फिफा विश्वकप छनोटमा नेपाल युएईसँग ४–० ले पराजित भएको छ। दुवईमा बिहीबार राति भएको खेलमा नेपालले चारै गोल पहिलो हाफमा खाएको हो।
दोस्रो हाफमा नेपालले खेलमा सुधार गरे पनि गोल भने फर्काउन सकेन।
युएईलाई खेलको ११ औं मिनेटमा खालिफा अल हमादीले अग्रता दिलाएका थिए। त्यसपछि युएईले नेपालको पोष्टमा लगातार आक्रमण गर्यो।
कप्तान अलि मावखाउतले दुई गोल गरे। ३६ औं मिनेटमा पेनाल्टिमार्फत गोल गरेका उनले ४४ औं मिनेटमा अर्को गोल थपे।
त्यसको दुई मिनेटपछि फावियो लिमाले अर्को गोल गर्दा युएईले ४–० को जित पक्का गर्यो। नेपालका कप्तान किरण कुमार लिम्बुले उत्कृष्ट बचाउ गरे।
२०८० कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित








