विश्वकप छनोटमा युएईविरुद्ध नेपाल पहिलो हाफमा ४–० ले पछि पर्यो
२०८० कार्तिक ३० गते

फिफा विश्वकप छनोटमा युएईविरुद्ध नेपाल फराकिलो अन्तरमा पछि परेको छ। पहिलो आफमा नेपाल ४–० ले पछि परेको हो।
खेलको ११ औं मिनेटमा गोल खान पुगेको नेपाल त्यसपछि थप दबाबमा पर्यो। युएईले लगातार आक्रमण गरेपछि नेपालले भने एक पटक पनि उसको पोष्टमा आक्रमण गर्न सकेको छैन।
११ औं मिनेटमा खालिफा अल हमादीले युएईलाई अग्रता दिलाएका थिए। कप्तान अलि मावखाउतले दुई गोल गरे। ३६ औं मिनेटमा पेनाल्टिमार्फत गोल गरेका उनले ४४ औं मिनेटमा अर्को गोल थपे।
त्यसको दुई मिनेटपछि फावियो लिमाले अर्को गोल गर्दा युएईले ४–० को अग्रता बनाएको हो।
२०८० कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित








