जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

काठमाडौँ । बिदुर नगरपालिका–२ बिदुरस्थित नर्थ भ्यू होटलमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ बस्ने ३६ वर्षीय रबिन्द्र आचार्य समेत २१ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ५२ हजार १ सय ९२ रूपैयाँसहित पक्राउ गरेको हो ।

त्यस्तै सल्यान, कालिमाटी गाउँपालिका–२ झिगाने बस्ने नारायण वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा कालिमाटी बस्ने ४६ वर्षीय देब बहादुर बुढा मगर लगायत १३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३४ हजार रूपैयाँ र तास २ गड्डी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 3 =