उपत्यकाको नदी किनार र पोखरीमा छठ पर्वको तयारी (हेर्नुहोस् तस्बिरहरू)

२०८० कार्तिक ३० गते

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठ पर्व मनाउने तयारी सुरु भएको छ ।
तराइमा मात्र नभई काठमाडौं उपत्यकाका नदी किनार र पोखरीमा छठको लागी घाट बनाएर छठ पर्वको तयारी गरिएको छ ।
पशुपति क्षेत्रस्थित गुह्येश्वरी छठ पर्वको तयारी सुरु भएको छ ।
गुह्येश्वरी छठ पूजा समितिले नदीको वरिपरि रहेको फोहर सफा गर्ने, मण्डप बनाउनका लागी बाँस गाड्ने, घाट सजावट लगायत काम सुरु गरेको छ ।
त्यस्तै करिब ९ वर्षदेखि कमलपोखरीमा पनि छठको पूजा गर्ने गरिन्छ । कमलपोखरीमा स्थानीयकै पहलमा हरेक वर्ष छठको धूमधामले पूजा गरिँदै आएको व्यवस्थापन समितिले जनाएको छ ।

२०८० कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित