वसन्तपुरमा अञ्जली दिदिको सामुहिक भाईटीका
२०८० कार्तिक २९ गते

काठमाडौं । हरेक वर्षको भाईटीकाझैं यो वर्षपनि अञ्जली दिदिले सामुहिक भाइटीका लगाईदिएकी छन् ।
काठमाडौंमा २०५५ सालदेखि नै सामुहिक रुपमा भाइटीका लगाउँदै आएकी ताहाचलकी अञ्जली दिदिले विगत वर्षहरुझैं यस वर्षपनि सामुहिक रुपमा भाईटीका लगाइदिएकी हुन् ।
काठमाडौंको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा आज (बुधवार) उनले सयौँको संख्यामा सामुहिक भाईटीका लगाइदिएकी हुन् ।
अञ्जली दिदिले तिहारको अवसरमा भाईटीका लगाइदिएको यस वर्षसँगै २५ वर्ष पूरा भएको छ ।
२०८० कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित








