वायु प्रदूषण बढेपछि दिल्लीमा पटाका बिक्रीमा प्रतिवन्ध
२०८० कार्तिक २९ गते

काठमाडौं । दीपावलीको अवसरमा दिल्लीमा वायु प्रदूषण फेरि बढेको छ ।
दिल्ली सरकारले कडा प्रतिवन्ध लगाए पनि दिवाली पर्व मनाउन पटाका पड्काउने लगायतका गतिविधि पनि दिल्लीमा वायु प्रदूषण फेरि डरलाग्दो स्तरमा पुगेको हो ।
दिल्ली वरपरका क्षेत्रहरूले पनि खतरनाक वायु प्रदूषण स्तर रिपोर्ट भएको छ । दिल्लीबाट करिव १५० माइल टाढा रहेको विश्वका सात आश्चर्य मध्येको एक ताजमहल धुवाँको बाक्लो तहले घेरिएको देखियो ।
दिवाली पर्वको केही दिन अगाडि, दिल्ली सरकारले वायु प्रदूषणलाई नियन्त्रणमा राख्नको लागि राष्ट्रिय राजधानीमा पटाका बिक्रीमा प्रतिवन्ध लगाएको छ ।
दिल्ली प्रदूषण नियन्त्रण बोर्डले भन्यो कि, शहरले पटाकाहरू पड्काएपछि प्रदूषण स्तरमा तिब्र रुपमा बढेको छ ।
२०८० कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित








