मोरङ आगलागी : थप १० घाइतेलाई काठमाडौं ल्याइयो
२०८० कार्तिक २८ गते

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–७ मा आगलागीपछि कार विस्फोट हुँदा घाइते भएकामध्ये १० जनालाई मंगलबार काठमाडौं ल्याइएको छ ।
झापाका विभिन्न अस्पतालमा उपचाररत उनीहरूलाई नेपाली सेनाको विमानमार्फत् थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।
नेपाली सेनाकोविमानद्वारा चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याइएको नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
गत आइतबार राति साढे १० बजे उर्लाबारी–७ बारगाछीस्थित दीपक काकीको घरमा आगोलागी हुँदा पार्किङमा राखिएको कार विस्फोट भएको थियो ।
सो विस्फोटमा परेर ४ जना प्रहरी र २३ जना सर्वसाधरण गम्भीर घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई सोमबार नै काठमाडौं ल्याइएको थियो ।
उनीहरूको कीर्तिपुरस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।
२०८० कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित








