पाटनमा मैनबत्तिसहित नयाँ वर्षको न्हु दँया भिन्तुना र्‍याली (फोटोफिचर)

पाटनमा सोमबार बेलुका मैन बत्ति सहित को नयाँ वर्षको न्हु दँया भिन्तुना ९शुभकामना० र्‍याली निकालिएको छ । नेपाल सम्वत ११४४ को भिन्तुना र्‍याली निकालिएको हो।

न्हुदँया भिन्तुना । अर्थात् नयाँ वर्षको शुभकामना । र, यो शुभकामना हो, नेपाल संवत् ११४४ को । कात्तिक शुक्लपक्षदेखि नेपाल संवत्को नयाँ वर्ष सुरु हुन्छ र यो अवसर रहेको छ, नेपालको संस्कृति र परम्परासँग भिजेको हाम्रो मौलिक संवत्को नयाँ वर्षको खुसियाली मनाउने दिन ।

नेपाल संवत् चन्द्रमासमा आधारित छ । लिच्छविकालमा कुन संवत् चलनचल्तीमा थियो, त्यसबारे समान धारणा पाइन्न । लिच्छविकालपछि भने हाम्रोमा नयाँ संवत् चलनचल्तीमा आएको देखिन्छ ।

लक्ष्मी पूजाको भोलिपल्ट नेपाल संवत् सुरु हुन्छ । सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् सुरु भएको दिन नेवार समुदायमा ‘म्हस्पूजा’ गर्ने विशिष्ट सांस्कृतिक परम्परा रहेको पाइन्छ ।

म्हस्पूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा । म्ह अर्थात् शरीर । नयाँ वर्षको पहिलो दिन आफ्नै शरीर पूजा गर्ने परम्परा आफैंमा विशिष्ट र मौलिक रहेको छ । यसलाई विशेषतस् काठमाडौं उपत्यका भक्तपुर ललितपुरमा ठूलो उत्साह र भावनाले मनाइने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =