सरकारले व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्यो-डा.शेखर कोइराला

टिकटक बन्द गर्ने निर्णयले चौतर्फी बहस सुरु भएको छ। तर सरकारले भने बन्द गराउनका लागि इन्टरनेट प्रदायक कम्पनीहरुमा पत्राचार गरिसकेको छ। र केही इन्टरनेट कम्पनीले बन्द गराइसकेका छन्। केही बन्द गराउने क्रममा छन्।

तर यो निर्णयको सत्ता पक्षकै नेताहरुले पनि विरोध गरिरहेका छन् भने केही प्रतिपक्षी नेताले भने समर्थन पनि गरेका छन्।

कांग्रेस नेता डा शेखर कोइरालाले यो निर्णयको विरोध गरेका छन्। सोमबार साँझ सामाजिक सञ्जालमा उनले सरकारको निर्णयलाई खेदजनक भनेर टिप्पणी गरेका छन्।

कोइराला लेख्छन्, ‘व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक् बन्द गर्ने निर्णय सरकारवाट हुनु खेदजनक छ । यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक वन्न सरकारलाई आग्रह गर्दछु । विगतमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरुका बारेमा सरकारलाई स्मरणस् गराउन चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =