प्रचण्डलाई विश्वप्रकाशको प्रश्न– गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने ?
२०८० कार्तिक २७ गते

फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने सरकारको निर्णय गलत भएको टिप्पणी गर्दै अविलम्ब फिर्ता लिन आग्रह गरेका छन् ।
सोमबार सरकारले टिकटक बन्द गर्ने निर्णय गरे लगत्तै उनले सामाजिक सञ्जालमार्फत शर्माले सरकारको कदमको बिरोध जनाएका हुन् ।
उनले ट्विटरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेन्सन गर्दै भनेका छन्, ‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने प्रधानमन्त्री ? कि जोखिम रहित उपचार खोज्ने ? द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर, त्यसमा टिप्पणी छैन् । तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ । यो निर्णय अविलम्ब फिर्ता होस् ।’
२०८० कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित








