महानगरले तोकेको स्टलबाट फूल बेच्दा घर फर्किने भाडासम्म छैन : फूल व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरुले दुखेको पोखेका छन् ।

काठमाडौं महानगरपालिकाले काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीको लागि स्थान तोकेर सो स्थानहरुबाट फूल बिक्री भइरहेको छ ।

तर सो स्थानमा फूल बिक्री गरिरहेका किसानहरुले भने समयमै प्रचारप्रसार हुन नसक्दा फूल बिक्रीमा गिरावट आएको बताएका छन् ।

भृकुटीमण्डपका फूल व्यापारीहरुले निश्चित ठाउँ तोकेर बिक्री गर्नु राम्रो भएपनि ठाउँबारे समयमै प्रचार हुन नसक्दा सोचेअनुरुप बिक्री हुन नसकेको बताएका हुन् ।

व्यापारी मंगेश लिम्बूले आफूहरु मार्कामा परेको बताए । फुटपाथमा राख्नुभन्दा यहाँ व्यवस्थापन गर्नु राम्रो भएपनि विज्ञापनमा ढिलाइ गर्नाले समस्या भएको उनले बताए ।

उनले भने – ‘निश्चित ठाउँ तोकिनु अत्यन्तै राम्रो । विज्ञापन १५ दिन अघि गरेको भए व्यापारी र किसानहरुलाई मार्का पर्ने थिएन । जानकारी भएको भए फूल किन्न आउनुहुन्थ्यो । यहाँ राख्नु धेरै राम्रो तर विज्ञापन गर्न ढिलाइ भयो । बाहिर फुटपाथमा राख्नु भन्दा यसरी व्यवस्थापन गरेकै राम्रो ।’

त्यस्तै काभ्रे कोशिपारीबाट फूल बेच्न भृकुटीमण्डप आएका व्यापारी सुजन श्रेष्ठले भृकुटीमण्डप कोल्टे ठाउँ भएकाले फूल बेच्न ग्राहक नआएको दुखेसो गरे ।

उनले गाडी भाडा समेत नउठेको बताए ।

उनले भने – ‘भृकुटीमण्डप कोल्टे ठाउँ भएकोले फूल बेच्न पाएनौँ । ग्राहक आएनन् । गाडी भाडासम्म उठेन । घर जानलाई गाडी भाडासम्म छैन । उल्टै ऋण गरेर जानुपर्ने भयो । यहाँ राखेर महानगरपालिकाले धेरै नराम्रो ग¥यो जस्तो लाग्छ ।’

त्यस्तै ओखलढुंगाबाट फूल व्यापार गर्न आएका तेजेन्द्र बिष्टले नेपाली उत्पादनको फूललाई अपहेलना गरिएको दुःखेसो गरे ।

उनले अझैपनि बजारीकरणको समस्या भएकाले व्यापारीले फूल खोलामा फालेर हिँड्नुपर्ने स्थिति आएको बताए ।

उनले भने – ‘किसानले फूल खोलामा फालेर हिँड्नुपरेको । नेपाली उत्पादनलाई अपहेलना गरिएको छ । नेपाली उत्पादन सम्भावनाभित्र नरहेको । सरकारको ध्यान जानु आवश्यकता छ । उत्पादन भएको बजारीकरणको समस्या भएकोले किसानको दुःखदायी अवस्थामा भएको छ ।’

उनले पनि फूल बिक्री स्टलको बेलैमा प्रचारप्रसार नभएकोले बिक्री हुन नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *