टिकटक बन्द गर्ने निर्णय सच्चाउनु पर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय लिएर उल्टो कदम हिँडेको बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय लिएको छ ।

त्यसको विरोधमा सामाजिक सञ्जालमा लेख्दै थापाले सरकार उल्टो हिँडेको बताएका हुन् ।

उनले यो कदम गलत भएको बताएका छन् ।

‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ । सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,’ उनले लेखेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो ।’

उनले यसले अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने बताए ।

‘यसमा सरकारको नियत ’अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =