जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौंँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका– ९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको पनि मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका– २ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो ।

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका– ९ गोरेघुम्तीमा दुर्घटना भएको थियो ।

गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

योसँगै दुर्घटनामा परी ज्यान जानेको सङ्ख्या ७ पुगेको छ । तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेमा जीप चालक बौदीकाली– ६ माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका– ४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन् । मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन ।

उक्त जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =