सैनिक पोशाकमा हिमाचलको लाप्चा पुगे मोदी
२०८० कार्तिक २६ गते

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिमाचल प्रदेश पुगेका छन् ।
आइतबार बिहानै उनी सैनिक पोशाकमा हिमाचल प्रदेशको लाप्चा पुगेका हुन् ।
उनले दिपावली मनाउन आफू लाप्चा पुगेको सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा बताएका छन् ।
’बहादुर जवानसँग दिपावली मनाउन म हिमाचल प्रदेशको लाप्चा पुगेको छु,’ उनले लेखेका छन् । भारत–चीन सीमास्थित रहेको लेप्चा तिब्बतसँग नजिक छ ।

२०८० कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित








