पोखरी र नदीमा डुबेर दुइको मृत्यु

काठमाडौँ । सप्तरी, बोदेबर्साइन नगरपालिका-१ महनौरी बस्ने प्रमोद यादवको १८ महिनाको छोरा प्रभात कुमार यादवको सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ । पोखरीमा डुबेर अशक्त भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, विदेह नगरपालिका-९ वैदेही बस्ने संजय पाण्डेकी छोरी १० वर्षीया मधु कुमारी पाण्डेको सोही ठाउँस्थित बिमला बेनउती नदीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *