लक्ष्मी पूजाको दिन १ हजारले घट्यो सुनको मूल्य
२०८० कार्तिक २६ गते

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय र तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ । शुक्रबार एक लाख १४ हजार ७ सय रुपैयाँमा छापावाल सुन र एक लाख १४ हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य एक हजार ३८० रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
२०८० कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित








