२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ
२०८० कार्तिक २५ गते

काठमाडौं । मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।
उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
किशोरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी झोराहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८० कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित








