बाख्रा चराउन गएका बेला नाबालिकामाथि कुकर्म, बालक समातिए

बैतडी । बालिकामाथि कुकर्म गरेको आरोपमा बैतडीमा एक बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको शिवनाथ गाउँपालिकाका १३ वर्षीय बालक रहेका छन् ।

पक्राउ परेका ती बालकले ८ वर्षीया बालिकामाथि कुकर्म गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । शुक्रबार बाख्रा चराउन जंगलमा गएका बेला नाबालिकालाई कुकम गरेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =