सिरियामा तैनाथ शान्ति सैनिकको टोली फेरियो

संयुक्त राष्ट्रसंघको आह्वानमा सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरु फेरबदल भएका छन्।

सिरियाको लागी फोर्स हेड्क्वार्टर सपोर्ट युनिट १२ औँ डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म सातौँ डफ्फा, इन्जिनियर से.मु आठौँ डफ्फा, लेबल १ अस्पताल पाँचौँ डफ्फा र क्लोज प्रोटेक्सन युनिटको चौथो डफ्फा बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्।

सिरियामा गएका २३४ जना नेपाली शान्ति सैनिकको नेतृत्व प्रमुख सेनाली सुनिल कुमार मल्लले गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

शान्ति सैनिहरु इथोेपियन एयरलाईन्सको चाटर्ड विमानद्वारा मिसन इलामा पुगेका हुन्।

सिरियामा यसअघि खटिएका २५८ जना सैनिक आफ्नो कार्यअवधि पुरा गरेर सेनानी देव गुरुङको नेतृत्वमा कार्तिक २३ मा नेपाल फर्केका छन् । अहिले सिरिया मिसनमा ४१५ जना सैनिक कार्यरत छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =