४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

अर्घाखाँची । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी रेसुङ्गा नगरपालिका–१० सिखेधारा बस्ने २५ वर्षीय राम बहादुर घर्ती थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती बालिकालाई छत्रदेव गाउँपालिका–७ डाँडाखर्कस्थित खर्यानबारिमा बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =