काठमाडौँ महानगरभित्र राती १ बजेसम्म देउसी–भैलो खेल्न पाइने

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले राती १ बजेसम्म मर्यादित भएर देउसी भैलो खेल्न सबैलाई अनुरोध गरेका छन् ।

शुक्रवार उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत स्ट्याटस लेख्दै राती १ बजेसम्म मर्यादित भएर देउसी भैलो खेल्न अनुरोध गरेका हुन् ।

विगतको बर्सहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौँ महानगर भित्र राती ९ बजे सम्म मात्र तोकिएको थियो ।

तर यस वर्ष उनले राती १ बजेसम्म मर्यादित भएर देउसी भैलो खेलिदिन अनुरोध गरेका छन् ।

त्यसैगरि काठमाडौँ महानगर नगरप्रहरीले राती १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छ ।

उनले सोही अनुरूप सुरक्षाको प्रबन्ध मिलाउन नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =