साल्ट ट्रेडिङले बढायो चिनीको ‘कोटा’, प्रतिपसल २० बोरा

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनीको ‘कोटा’ बढाएको छ।

कर्पाेरेसनले गत मंगलबारदेखि खुद्रा किराना पसलेलाई बिक्री गर्ने चिनीको कोटा बढाएको हो ।

उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्याइएको छ ।

प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ । हालसम्म चार सय ५० भन्दाबढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पोरेसनबाट लगिसकेको कर्पोरेसनका व्यवस्थापक ब्रजेश झाले बताए ।

उनले भने, ‘काठमाडौं उपत्यकासहित अन्यत्रका खुद्रा किराना पसलेले कर्पोरेसनबाट चिनी लिन सक्छन्।’

उनले सरकारले नै निर्धारण गरिदिएको प्रतिकेजी एक सय १२ रुपैयाँ ५० पैसामा खुद्रा बिक्री कर्तालाई चिनी बिक्री गरेको बताए ।

कर्पोरेसनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी रु ९७ मा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ।

कर्पोरेसनले सहुलियत दरमा बिक्रीवितरण गरिराखेको उक्त चिनी सरकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी नै हो ।

सरकारले कर्पोरेसनलाई भारतसँग जिटुजीमार्फत् १० हजार मेक्ट्रिक टन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो । तर भारत सरकारले केही महिना अगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि आयात रोकिएको छ ।

कर्पोरेसनले चिनी बिक्री वितरणलाई सहज बनाउन उच्च प्राथमिकता दिएको व्यवस्थापक झाले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =