एन्फा विवाद : उद्घाटन सत्र नगरेरै मतदान

काठमाडौं । उद्घाटन सत्र नगरेरै अखिल नेपाल फुटबल संघ एन्फाले विशेष साधारण सभामा सिधै मतदान प्रक्रिया सुरु गरेको छ ।

एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेस गरेका थिए । तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका थिए ।

साधारण सभामा एन्फा अध्यक्ष नेम्वाङले विशेष साधारण सभामा बोलेपछि मुख्य एजेन्डा रहेको अविश्वासको प्रस्तावमाथि पनि छलफल हुनु अगाडि प्रस्तावकको तर्फबाट कर्मा छिरिङ शेर्पा बोल्न खोजेका थिए । तर बोल्न नपाएपछि अविश्वासको प्रस्ताव लैजाने पक्षधरले नाराबाजी गरेका थिए ।

नाराबाजी र धकेलाधकेल भएपछि प्रहरीले हस्तक्षेप गरेको सहभागी एक केन्द्रीय सदस्यले बताए ।

विशेष साधारण सभामा एसियाली फुटबल महासङ्घ र विश्व फुटबल महासङ्घका प्रतिनिधिको समेत उपस्थिति रहने साधारण सभामा देशभरका ४८ जिल्ला शाखाका प्रतिनिधिहरूको सहभागिता छ । साधारण सभामा ए, बी र सी डिभिजन क्लबबाट पनि प्रतिनिधि सहभागी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =