अज्ञात समूहले वडा कार्यालय तोडफोड गर्यो
२०८० कार्तिक २२ गते

भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ।
गए राति कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए। कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाएको उनको भनाइ छ ।
कार्यालयमा रु एक लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताए। कर्मचारी बस्ने कोठामा उक्त समूह पस्न नपाएकाले धेरै क्षति हुनबाट जोगिएको उनले बताए।
२०८० कार्तिक २२ गते
प्रतिक्रिया
सम्बन्धित








