पानी धेरै पिउनुहुन्छ ? सावधान ! यस्ता छन् बेफाइदा


काठमाडौं । नियमित रुपमा प्रयोग हुने पानीले पनि शरीरलाई हानी हुन सक्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार खाना खाने बित्तिकै चिसो पानी पिउनाले शरीरलाई हानी पुग्न सक्छ । खाली पेटमा पानी पिउनाले सर्दी र जुका पर्न सक्छ । रोगी तथा स्वस्थ व्यक्तिले पनि आवश्यक भन्दा बढी पिउनु हुँदैन ।
आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले मिर्गौलामा दबाब पर्न सक्छ । बिरामीहरूले आवश्यक भन्दा बढी पानी पिए त्यसले स्वास्थ्यलाई असर गर्छ । आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले पेट भित्रको पाचन रसले काम गर्न छोड्छ । त्यसपछि थप समस्या उत्पन्न हुन सक्छ ।
एक स्वस्थ मानिसले दैनिक कति पानी पिउनु पर्दछ र सामान्य त स्वस्थ व्यक्तिको शरीरमा प्रतिदिन २.५ लिटर पानी छिर्छ र त्यति नै पानी बाहिर निस्कने गर्दछ भन्ने मान्यता छ । खाएर होस या भित्र नै बनेर होस । पिसाबबाट एक दिनमा १.५ लिटर पानी बाहिरिन्छ । अब तपाईँ गर्मी ठाउँमा बस्नु भएको छ भने धेरै पसिना निस्कन्छ । पानी पर्याप्त भएन भने तपाईँलाई डिहाइड्रेसन हुन्छ । पानी कम पिसाब कम्ती आउँछ ।
अब के बुझ्नु पर्यो भने पिसाब सङ्लो हुँदासम्म पानी खानु पर्छ । त्यसैले पानी कति खाने भन्ने सन्दर्भमा तपाईँको पिसाब सङ्लो हुनुपर्यो । शरीरमा आराम अनुभव हुनुपर्यो। मुख र शरीर सुख्खा हुनु भएन । तर, रोग लागेको अवस्था, जस्तै मिर्गौलाले राम्ररी पानी फाल्न नसकेको अवस्था, जीउ सुन्निएको अवस्थामा पानी कम खानु पर्दछ ।
जब हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ तब शरीरले पानी कम हुनुको लक्षण देखाउन थाल्छ । यस्ता लक्षण देखिएपछि हामीले शरीरमा पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ ।
हामी सबैलाई राम्रोसँग थाहा छ पानी धेरै मात्रामा पिउनु पर्छ । तर, हामीलाई थाहा हुँदाहुँदै पनि हामी पर्याप्त मात्रामा पानी पिउँदैनौँ । यसको परिणाम हामी आफ्नो शरीरमा विभिन्न परिवर्तन आइरहेको अनुभव गर्न थाल्छौँ ।
शरीरको वजन बढ्दै जनाले तपाईँले पर्याप्त मात्रामा पानी पिइरहनु भएको छैन भन्ने जनाउँछ । विभिन्न अध्ययनले दिनमा कम्तीमा पनि ५ सय मिलिलिटर आधा लिटर पानी खाँदा पनि यसले पाचन क्रिया ३० प्रतिशत बढाउने देखाएका छन् ।
शौचालयमा पेट खाली गर्न धेरै समय लागिरहेको छ भने पानीको मात्रा बढाउन आवश्यक छ । दीर्घ कब्जियत/अपचको कारण नै पानीको कमी हो ।
तपाईँ जति बेला पनि झर्किन र कसैले केही बोल्नासाथ झनक्क झन्किन थाल्नुभयो भने पनि शरीरमा पानीको कमी भयो भनेर बुझ्नुपर्ने हुन्छ । तपाईँलाई आश्चर्य लाग्ला यस्तो बेला तपाईँलाई अरू केही होइन, एक गिलास पानीको आवश्यकता छ । केही अध्ययनले सामान्य डिहाइड्रेसनले पनि स्नायविक/मानसिक परिवर्तन हुने र त्यसको प्रभाव हाम्रो मानसिक क्षमता र एकाग्रतामा पर्नुका साथै झर्किने र झनक्क रिसाइहाल्ने जस्ता परिवर्तन हुने देखाएका छन् ।
पानीको कमीले शरीरमा हुनुपर्ने सोडियम र पोटासियमको मात्रा तलमाथि हुन थाले स्थिति अझ बिग्रन्छ । त्यसैले पर्याप्त पानी खान अत्यन्त महत्त्वपूर्ण छ, खास गरी गर्मीमा र व्यायामका बेला ।
त्यसैले यस्तो बेलामा पानी पिउनु पर्छ । पानीको कमी भएपछि छालाले स्वाभाविक चमक/सौन्दर्य गुमाउँछ, त्यस बेला छालालाई सबैभन्दा बढी पानी नै चाहिन्छ ।
शरीरमा पानीको मात्रा कम हुनुको अर्को लक्षण टाउको दुख्नु हो । चड्किएर दुखेको टाउको मिनेटैपिच्छे झन् झन् फुट्ला जस्तो गरि बढ्छ भने पानीको कमी भएको बुझ्नु पर्छ । यस्तो बेला एकाग्र हुन नसक्ने र धैर्य गुम्दै जाने हुन्छ । पर्याप्त पानी पिए पछि भने यी समस्या हट्ने गर्छ
सधैँ नियमित रुपमा पर्याप्त सुते पनि तपाईँ जति बेला पनि थकित वा अल्छी महसुस गर्नु हुन्छ भने शरीरमा पानीको कमी हुनसक्छ ।
पानीको मात्रा कम हुँदा शरीरमा लाग्ने रोगहरू
शरीरमा पानीको मात्रा कम हुनुको असर शारीरिक रूपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने , रिसाउने , अल्छी हुने, काममा केन्द्रित हुन नसक्ने र दुखी रहने हुन्छ ।
पानीको मात्रा कम हुँदा मांसपेशीमा मात्र नभई मस्तिष्कमा पनि रक्तसञ्चार कम हुन्छ । जसले गर्दा आँखाको दृष्टि धमिलो हुने तथा तिरमिराउने तथा काम गर्ने क्षमतामा ह्रास आउँछ ।
आन्द्रामा पचेका खानाहरू पास हुन शरीरमा पानीको जरुरी हुन्छ । पानिको मात्रा कम भएमा कब्जियत गराउँछ । छालालाई स्वस्थ, तन्दुरुस्त र चमकदार राख्नको लागि प्रशस्त पानी पिउनु एकदमै जरुरी हुन्छ । यति मात्रै होइन छालाबाट पानी बाहिर जान नदिन छालामा मोइस्चराइजरको प्रयोग गर्नु पनि उत्तिकै जरुरी हुन्छ।
शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप घट्छ, मुटुको धड्कन बढ्छ र मस्तिष्कमा रगत प्रवाह घट्छ । यी सबैले शरीरलाई थकित बनाउँछ । त्यति मात्र नभई पानीको मात्रा कम हुँदा शरीरका मसल्सहरु पनि थकित हुने गर्छ । त्यसैले प्रशस्त रुपमा पानीको सेवन गर्नु पर्दछ ।
