इन्डोनेसियामा ७.१ म्याग्निच्युडको भूकम्प

एजेन्सी । इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।

भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन ।

युएसजिएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गरएको थिएन । प्रारम्भमा स्थानीय समय अनुसार बिहान ११ः५३ बजे छ दशमलव नौ म्याग्निच्युडको भूकम्प आएको बताइएको थियो ।

इन्डोनेसियाली मौसम विज्ञान, जलवायु र भूभौगर्भिक एजेन्सी (बिएमकेजी) का अनुसार मुलुकको तनिमबार टापु समूहको सौमलाकी सहरमा भूकम्पको कम्पन मध्यमरूपमा महसुस गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =