नेप्से परिसूचक ५.१७ अंकले बढ्यो

काठमाडौँ । बुधबार ५.१७ अंक बढेर नेप्से १८६३ विन्दुमा कायम भएको छ ।

मंगलबार ९९ करोडको सेयर किनबेच भएकोमा बुधबार ७८ करोड २७ लाखमा खुम्चियो हो। कुल १२४ कम्पनीको मूल्य बढ्दा ९३ को घट्यो भने २२ को स्थिर रह्यो ।

बैंकिङ ३, फाइनान्स ५, जलविद्युत् १२, जीवन बीमा ५०, उत्पादन ५७, माइक्रोफाइनान्स ८, अन्य १० र ब्यापार उपसमूह ५ अंक बढे । निर्जीवन बीमा २२, होटल तथा पर्यटन ३३ र विकास बैंक उपसमूह १३ अंक घटे ।

ग्लोबल आईएमई लघुवित्त संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै मूल्य कमाएका छन् । सो कम्पनीको सेयर मूल्य एकैदिन ८ प्रतिशत बढ्यो । त्यस्तै पिपुल्स पावरको ७.४, एसबीआई बैंकको ७.३, भगवती हाइड्रोपावरको ६.७, माण्डु हाइड्रोपावरको ६.७ प्रतिशत बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै मूल्य गुमाए । सो कम्पनीको मूल्य ६.३ प्रतिशत घट्यो । सामलिङ पावरको ५.५, इमर्जिङ नेपालको ४.८ तथा मिथिला लघुवित्तको मूल्य ३.८ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हिमालयन बैंक संस्थापक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक संस्थापक, सानिमा जीआईसी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *