फेवाताल छेउका फुटपाथ हटाउँदै नगरप्रहरीले दियो विदेशी माग्नेलाई सचेतना

काठमाडौँ । पोखराको फेवा ताल छेउको फुट–ट्रयाकमा रहेका विदेशी माग्नेलाई सचेतना दिइएको छ ।

फुट–ट्रयाकमा रहेका फुटपाथ व्यवसायीलाई आफ्नो व्यवसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्त रुपमा सचेतना दिएका हुन् ।

तालको छेउमा रहेका फुट–ट्रयाकमा रहेका व्यावसायीहरु र फुट–ट्रयाक मिचेर व्यापार गरेका व्यवसायीलाई हटाउन अनुरोध गर्दै मङ्गलवार राति पोखरा महानगर नगर प्रहरी टोली, बैदाम प्रहरी टोली र जनप्रतिनिधिले हटाएका हुन् ।

आगामी दिनमा पर्यटकीय नगरी पोखरामा सुन्दरता दिनको लागि समेत व्यवसायीलाई आह्वान गरेका हुन् । बैदामका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले फुटपाथ मिचेर खुद्रा व्यापारी बस्ने र व्यवसाय सञ्चालन गर्ने र त्यहाँ आएका विदेशी पर्यटकहरूले मागेर हिँड्ने र विभिन्न अनैतिक किसिमका गतिविधि देखाउनाले सुन्दरतामा नकारात्मक असर सृजना गरिएको आम–उपभोक्ताको गुनासो थियो ।

सो गुनासोपछि साङ्केतिक रुपमा कार्यक्रम गरेको र आगामी दिनमा पर्यटकीय क्षेत्रमा नकारात्मक असर पर्न नदिने जानकारी दिए ।

पोखरा महानगरपालिका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भोलिबाट व्यापारिक सामन नराख्न अनुरोध गर्दै आगामी दिनमा अटेर गरेको पाइए सामन नियन्त्रण गर्ने बताए ।

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न गइरहँदा पर्यटकीय क्षेत्रमा सीमित स्थान छुट्टयाएर व्यापार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =