मखमली मालाको माग धेरै, उचित मूल्य नपाएकोमा व्यवसायी निराश

काठमाडौँ । मखमली फूलको मालाको माग अत्यधिक भएपनि मूल्य नपाएको किसानहरूको गुनासो छ ।

गुण्डुका किसानहरूले नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका छन् । यो वर्षको तिहार ढिला भएकाले मखमली फूल सुक्न लागेको उनीहरूको गुनासो छ ।

एक हप्ता अगाडिदेखि माला उन्न र बिक्री गरिसक्न लागेको व्यवसायीहरूले बताए । गुण्डुका व्यवसायीहरूले भाइटिकाको दिन दाजुभाइलाई लगाउने मखमली फूलको मालाको उचित मूल्य नपाएको बताएका छन् ।

भक्तपुर सूर्यविनायक नगरपालिका गुण्डुकी राधा थापाले विगतका वर्षको जस्तो मखमली फूल र मालाको मूल्य पाउन नसकेको बताइन् । उनले मेहनतअनुसार मखमली मालाको मूल्य भनेजस्तो नभएको गुनासो गरिन् ।

उनले व्यापार राम्रो भएपनि विगतका वर्ष ३५ रुपैयाँसम्म प्रतिमाला बिक्री भएकोमा यस वर्ष २० देखि २३ रुपैयाँ भन्दा बढी मूल्य पाउन नसकेको बताइन् । उनले मखमली मालाको मूल्य धेरै वर्षदेखि बढ्न नसकेको बताइन् ।

उनले मखमली फूल उत्पादन गरेर माला बेच्दा फूलमा लगाएको लगानी मात्रै उठ्ने स्थिति रहेको बताइन् । उनले आठ आना जग्गामा मखमली खेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी गर्न सकिने बताइन् । उनले बजार मूल्य कम हुँदा विगतका वर्षको भन्दा आम्दानी कम हुने अवस्था रहेको बताइन् ।

उनले भनिन् ‘विगतका वर्षको जस्तो मखमलीको मालाको मूल्य पाउन सकिएको छैन । मेहनत भएअनुसार मखमलीको मालाको मूल्य अलिबढी पाउन पाए हुने जस्तो लाग्छ तर पाउन सकिएको छैन । व्यापार राम्रो छ तर गत वर्ष ३५ रुपैयाँसम्म प्रतिमाला बिक्री भएपनि यो वर्ष २० देखि २३ रुपैयाँ भन्दा बढी पाउन सकिएको छैन । मखमली मालाको मूल्य बढ्न सकेको छैन । मालाको माग धेरै भएपनि मूल्य पाउन सकिन । मखमली फूल उत्पादनमा धेरै मेहनत भएअनुसार मूल्य आउन छोडेको छ । मखमली फूल उत्पादनमा हामीले लगाएको लगानी उठ्छ । मैले आठ आना जग्गामा मखमली खेती गरेको थिए । यो वर्ष पानीको कारणले फूल राम्रो भएन । गत वर्षको तुलनामा यो वर्ष आम्दानी कम हुने देखिएको छ । यो वर्ष ५० हजारसम्म आम्दानी हुन्छ ।’

गुण्डुकै अर्की पुष्प व्यवसायी निर्मला बस्नेतको पनि थापाको जस्तै गुनासो छ । उनले पनि मखमली मालाको माग राम्रो भएपनि मूल्य विगतका वर्षहरूको जस्तो मूल्य नपाएको बताइन् ।

उनले विगतका वर्षहरूमा ३० देखि ३५ रुपैयाँसम्म मूल्यमा बिक्री भएकोमा यो वर्ष २३ रुपैयाँसम्म मात्रै प्रति मालाको मूल्य पाएको बताइन् । उनले मखमली फूल उत्पादन नै कम भएकाले व्यापार पनि कम हुने अवस्था रहेको बताइन् ।

उनले गत वर्ष १ लाख रुपैयाँको माला बिक्री भएपनि यो वर्ष ६० हजारसम्म मात्रै मालाको व्यापार हुने बताइन् । उनले विगतका वर्षहरूको जस्तो मालाको मूल्य नपाउँदा ४० प्रतिशत आम्दानी कम हुने देखिएको बताइन् ।

उनले मखमलीको माला घरमा नै व्यापारीहरू किन्न आउने हुँदा बजारमा लैजानुपर्ने अवस्था नभएको भन्दै आफूहरूले अहिलेसम्म बिक्री गरेका मालाहरू सबै नेपाली बजारको लागि भन्दा पनि विदेश निर्यातको लागि गएको बताइन् ।

उनले भनिन् ‘मखमली मालाको माग राम्रो भए पनि मूल्य विगतका वर्षहरूको जस्तो भएन । विगतका वर्षहरूमा ३० देखि ३५ रुपैयाँसम्म मूल्यमा बिक्री भएकोमा यो वर्ष २३ रुपैयाँसम्म मात्रै प्रतिमाला पाउने गरेको छौं । मखमली फूल उत्पादन नै कम भएकाले व्यापार पनि कम छ । गत वर्ष १ लाख रुपैयाँको माला बिक्री भएपनि यो वर्ष ६० हजारसम्म मात्रै मालाको व्यापार हुने देखिएको छ । विगतका वर्षहरूको जस्तो मालाको मूल्य नपाउँदा ४० प्रतिशत आम्दानी कम हुने देखिएको छ । हामीले मखमलीको माला बजारमा लगेर बेच्नुपर्दैन घरमा नै व्यापारीहरू आउने गर्छन् । सबैको मखमली एक ठाउँबाट माला बनाएर बिक्री गर्ने गरेका छौं । अहिलेसम्म बिक्री भएका मालाहरू सबै नेपाली बजारको लागि भन्दा पनि विदेश निर्यातको लागि गएको छ ।’

त्यस्तै भक्तपुर गुण्डुकै स्थानीय पुष्प व्यवसायी मैया बस्नेतले यस वर्ष असोज महिनामा बढी पानी परेकाले फूल ढलेर बढी उत्पादन गर्न नसकिएको बताइन् । उनले उत्पादन कम भए पनि बजार मूल्य बढ्न नसकेको बताइन् ।

उनले विगतका वर्षहरूमा ५० रुपैयाँसम्म प्रतिमाला मूल्य पाएपनि यो वर्ष २३ रुपैयाँ भन्दा बढी मूल्य पाउन नसकेको बताइन् ।

उनले भनिन् ‘मखमली उत्पादनका पानी बढी परेकाले हौसिएर फुल्ने समयमा ढल्यो । उत्पादन विगतको भन्दा कम छ । उत्पादन कम भएको बेलामा अझ यो वर्ष मूल्यमा पनि २३ रुपैयाँ भन्दा बढी गएको छैन । गतवर्ष ५० रुपैयाँसम्म बिक्री भएको थियो । किसानको मेहनत अनुसार ३० रुपैयाँसम्म मूल्य पाउनुपर्ने हो तर त्यस्तो हुन सकेको छैन । आम्दानीको हिसाबले खेतमा मखमली फूल लगाउँदा धानको भन्दा फाइदा मखमली फूलबाट बढी हुन्छ । मखमली माला बनाउन पनि मेहनत गर्नुपर्छ आफू मात्रै नभएर अर्मपर्म गरेर वा एउटा माला उनेको ५ रुपैयाँसम्म तिरेर लगाउनु पर्छ । एक रोपनी जग्गामा मखमली फूलखेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी हुने गरेको छ ।’

उनले किसानहरूको मखमली फूलको माला बनाउन लागेको मेहनतअनुसार कम्तीमा पनि प्रतिमाला ३० रुपैयाँ मूल्य पाउनुपर्ने भएपनि त्यस्तो हुन नसकेको बताइन् ।

उनले मखमली फूल खेतीले धानको भन्दा राम्रो आम्दानी दिएको बताइन् । उनले एक रोपनी जग्गामा मखमली फूलखेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी हुने गरेको बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =