अर्थतन्त्र संकटउन्मुख अवस्थामा छ, अर्थमन्त्रीले लयमा फर्किसकेको छ भन्नु गलत : पाण्डे

काठमाडौँ । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डेले अर्थतन्त्र संकटउन्मुख रहेको औँल्याउँदै अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रका बारेमा गलत तथ्य प्रस्तुत गरेको भन्दै प्रश्न उठाएका छन् ।

पाण्डेले आफ्नो सामाजिक सञ्जाल मार्फत अर्थतन्त्र लयमा फर्किरहेको छ भनिरहँदा मुख्य-मुख्य शहरका सटरहरू किन खाली भइरहेको होला ? लगायतका प्रश्न गरेका हुन् ।

पाण्डे लेख्छन्, अर्थतन्त्र लयमा फर्किरहेको छ भनिरहँदा मुख्य मुख्य शहरका सटरहरू किन खाली भइरहेको होला ।

रेमिट्यान्टस वृद्धि भईरहँदा सरकारको आन्तरिक ऋण किन वृद्धि भइरहेको होला ।

विदेशी मुद्रा सचिती वृद्धि भईरहँदा बैंकको खराब कर्जा किन वृद्धि भईरहेको होला ।

पर्यटक आगमन वृद्धि भईरहँदा लुम्बिनी क्षेत्र लगायत अन्य क्षेत्रका होटेलहरू सञ्चालन गर्न नसकेर बन्द किन हुने अवस्थामा पुगे होला ।

विकासले लय लिनुपर्ने बेला अधिकास निर्माण सँग आबद्ध व्यवसायी र निर्माण सँग सम्बन्धी उद्योगहरू किन धरासायी भए होला ।

राजनीतिक कार्यकर्ता वृद्धिभई रहेको बेलामा श्रम र परिश्रम गर्नुपर्ने युवा पुस्ता किन विदेश पलायन भएको होला ॥

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *