एमालेको सचिवालय बैठक भोलि बस्ने
२०८० कार्तिक २१ गते

काठमाडौं । नेकपा (एमाले) ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार मध्याह्न १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिए ।
सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरू गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने उनको भनाइ छ ।
२०८० कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित








