धनगढीमा ४८ वटा अवैध ‘सेक्स टोय’ बरामद
२०८० कार्तिक २१ गते

धनगढी । धनगढीमा भारतबाट अवैध रुपमा भित्र्याइरहेको अवस्थामा प्रहरीले सेक्स टोय अथात् यौन खेलौना बरामद गरेको छ । धनगढी उपमहानगरपालिका-१० मा भारतबाट अवैध रुपमा ल्याइएको ४८ वटा सेक्स टोय बरामद गरिएको प्रहरीले जनाएको छ ।
दुई लाख ४२ हजार मूल्य बराबरको ४८ वटा सेक्स टोय बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । बरामद गरिएको अवैध सेक्स टोय आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइनेछ ।
२०८० कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित








