डिभी भर्नुभयो ? अन्तिम दिन भोली मात्रै

काठमाडौं । सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता अवधि भोलि २१ गते बुधवार सम्म मात्रै रहेको छ ।

नेपालमा यही वर्ष अक्टोबर ४, २०२३ बाट सुरु भएको डिभी आवेदन दर्ता  कात्तिक २१ गते नेपाली समय अनुसार १०ः४५ बजे बन्द हुनेछ ।

अमेरिकाले हरेक वर्ष डिभी भरेकाहरूलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डिभी परेर अमेरिका जानेहरूले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।

अमेरिकी दुतावासले हरेक वर्ष डिभी खुलाउने गर्दछ ।

डिभी भर्नको लागि अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ ।

विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ । डिभी भर्दा विवाहितले दम्पतीको सबै विवरण र बच्चाबच्ची हुनेहरूले उनीहरूको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्ने नियम लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 14 =