जारजकोट र रुकुम पश्चिममा आएको भूकम्पका कारण राष्ट्रपतिको युरोप भ्रमण स्थगित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित गरेका छन् ।
भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले युरोप भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसे जानकारी दिए ।
उनले भने ‘भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भयो, त्यही कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको छ’
राष्ट्रपति २२ कात्तिकमा फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन त्यहाँ जाने भनिएको थियो । जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने योजना रहेको थियो ।
तर गत शुक्रवार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पका कारण जारजकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु र सय भन्दा धेरै घाइते भएका छन् ।