नयाँ दिल्लीमा सशस्त्र प्रहरी र एसएसबीको वार्ता सुरु

काडमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको नियमित सातौं समन्वय बैठक सुरु भएको छ ।

बैठक सोमबारदेखि नयाँदिल्लीमा सुरू भएको हो ।

बैठकको नेतृत्व सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्याल र एसएसबीकी महानिर्देशक रश्मी शुक्लाले गरेका छन् ।

उक्त बैठकमा सहभागी हुन आइतबार महानिरीक्षक अर्याल नेतृत्वको टोली भारत गएको थियो। सोमबार महानिरीक्षक अर्याल नेतृत्वको ९ सदस्यीय टोलीले एसएसबीको प्रधान कार्यालयको भ्रमण गरेको छ।

एसएसबी अनुसार उक्त भ्रमणमा दुई सुरक्षा निकायबीच समन्वय र सहकार्यका विषयमा छलफल भएको जनाएको छ ।

हरेक वर्ष सीमा सुरक्षामा खटिएका दुई निकायबीच समन्वय र सहकार्य बढाउन द्विपक्षीय बैठक हुँदै आएको छ । गत वर्ष नेपालमा बैठक भएको थियो।

उक्त बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी छन्। बैठक बुधबारसम्म चल्ने सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =