अराजक र अश्लील टिकटक बनाउनेलाई कारबाही हुने

काठमाडौं । सामाजिक सद्भाव बिगार्ने गरी टिकटक भिडिओहरू बनाएर पोस्ट गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि पोस्ट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर चेतावनी दिएको हो ।

मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर सामाजिक सद्भाव बिगार्ने व्यक्ति पहिचान गरी कारबाही दायरामा ल्याउन अब सहज भइसकेको पनि उल्लेख गरेका छन् ।

प्रहरीको साइबर ब्युरो र सरकारी निकाय तथा टिकटकको कार्यालय सिंगापुरबीच सहकार्य बढाउन कात्तिक १७ गते छलफलसमेत भएको थियो ।

उक्त छलफलले सामाजिक सद्भाव बिगार्नेलाई कानुनी दायरामा ल्याउन सहज भएको गृह मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =