उद्धारमा खटिँदा लाग्ने हवाई इन्धनको खर्च निगमले व्यहोर्ने

काठमाडौं । नेपाल आयल निगमले भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिँदा लाग्ने हवाई इन्धनको खर्च व्यहोर्ने भएको छ ।

निगमले विज्ञप्ति निकाल्दै भूकम्प प्रभावित क्षेत्रमा राहत उद्धारमा खटिएका नेपाल एअरलाइन्स र नेपाली सेनाको हवाई जहाज तथा हेलिकप्टरमा प्रयोग हुने इन्धन खर्च व्यहोर्ने जनाएको हो ।

‘भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि खटिएका नेपाल एअरलाइन्स र नेपाली सेनाका हवाई जहाज तथा हेलिकप्टरमा खपत हुने हवाई इन्धन वापतको रकम नेपाल आयल निगमले आफ्नो आर्थिक वर्ष २०८०÷८१ को संस्थागत उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =