इजरायलसँगको सीमामा भएको झडपमा ७ लडाकु मारिए

काठमाडौं । इजरायलसँगको सीमामा भएको झडपमा हिज्बुल्लाहका ७ लडाकु मारिएका छन् ।

शिया सैन्य समूह र लेबनानी सुरक्षा स्रोतहरूकाअनुसार सीमामा इजरायली सेनासँगको हिंश्रक मुठभेडमा शुक्रवार बिहान सात हिज्बुल्लाह लडाकुको मृत्यु भएको हो भने अन्य चार जना सर्वसाधारण घाइते भएका छन् । हिजबुल्लाहले आफ्ना मारिएका सदस्यहरूलाई शोक व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेको छ ।

लेबनानी आन्तरिक सुरक्षा बल र चिकित्सा स्रोतहरूले दक्षिणी लेबनानका धेरै क्षेत्रमा तोपको गोलाबारी र इजरायली हवाई आक्रमणबाट तीन लेबनानी नागरिक र एक सिरियाली शरणार्थी घाइते भएका छन् ।

लेबनानी रेड क्रसले उनीहरूलाई अस्पतालमा स्थानान्तरण गरेको छ । लेबनानी सैन्य स्रोतहरूकाअनुसार शुक्रवारको हताहतले लेबनानी पक्षमा अक्टोबर यता मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

सीमावर्ती गाउँ अल वाजानीमा बुधवार बिहान दुई युवाको शव फेला परेको थियो । उनीहरुलाई मंगलवार इजरायली सेनाले बाख्रा चराउने क्रममा निशाना बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =