अन्तर्राष्ट्रिय आपराधिक समूहसँग सम्बन्धित ३७ संदिग्ध पक्राउ

काठमाडौं । टर्कीले अन्तर्राष्ट्रिय आपराधिक समूहसँग सम्बन्धित ३७ संदिग्धलाई पक्राउ गरेको छ ।

टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले अष्ट्रेलियामा रहेको अन्तर्राष्ट्रिय अपराध सिन्डिकेटको हिस्सा भएको आशंकामा टर्कीका अधिकारीहरूले ३७ जनालाई पक्राउ गरेको बताए ।

कोमान्चेरो भनेर चिनिने गिरोह लागुऔषध ओसारपसार, हत्या, अपहरण र अन्य अपराधमा संलग्न रहेको यर्लिकायाले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्टमा भनेका छन् ।

मन्त्रीले गिरोहले विभिन्न देशहरूबाट लागुपदार्थको तस्करी र टर्कीमा अवैध गतिविधिबाट कमाएको पैसा ठगी गर्ने प्रयास गरेको थियो ।

एशिया र युरोपको चौराहेमा अवस्थित टर्किले धेरै वर्षदेखि अन्तर्राष्ट्रिय लागुऔषध तस्करीसँग जुधिरहेको छ ।

टर्कीका सुरक्षा बलहरूले लागुपदार्थको प्रयोग र तस्करी बिरुद्ध राष्ट्रव्यापी क्यार्कडाउनको एक भागको रूपमा लागुऔषध व्यापारीहरू बिरुद्ध बारम्बार अभियान शुरु गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 14 =