‘नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ ’

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा ज्यान गुमाएकाहरूप्रति काठमाडौंस्थित अमेरिकी दूतावासले दुःख व्यक्त गरेको छ ।

दूतावासले भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई सहयोग गर्न अमेरिका तत्पर रहेको सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

‘यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ,’ दूतावासको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भूकम्पग्रस्त नेपाललाई सहयोग गर्न तयार रहेको बताएका थिए ।

जाजरकोट केन्द्रबिन्दु भए गएराति ६.४ म्याग्नेच्युडको भूकम्पमा परी अहिलेसम्म १३३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =