काठमाडौं–तराई द्रुतमार्गका काम सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समय भित्र सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएका छन् ।

आगामी २०८३ साल चैत्र मसान्त भित्र सम्पन्न गरिसक्न मन्त्रीपरिषद् बैठकले निर्णय गरेकाले सोही समयमा नेपाली सेनाले सो आयोजनाको काम पूरा गर्नुपर्ने उनको भनाई थियो ।

शुक्रवार सिंहदरबारमा मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सो योजना सम्पन्न गर्ने काम थपिएको समयभन्दा पछि टार्ने अनुमति कसैलाई पनि नरहेको बताए ।

उनले देशकै प्रतिष्ठाकै विषय भएको सो आयोजनाको काम सम्पन्न गर्न अब नेपाली सेनाले पनि ढिलाइ नगर्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री खड्काले सो आयोजनाको कुनै पनि समस्या तत्काल समाधान गरेर अघि बढ्न नेपाल सरकार तयार रहेको पनि पटक पटक दोहो¥याए ।

उनले सो आयोजनाको ठेकदारहरूलाई पनि ढिलाइ नगर्नका लागि अनुगमनको काममा कढाइ गर्नुपर्ने समेत बताए ।

उपप्रधानमन्त्री खड्काले भने– ‘चाँडै नै यो विषयमा सचिवजीले कोडिर्नेट गर्नुस् । भौतिक मन्त्रालय, पर्यटन मन्त्रालय, नेपाली सेना को को बसेर तपाईँहरूले २÷३ दिन भित्रै मिटिङ गरेर त्यसको अवस्थाबारे मलाई जानकारी हुनुप¥यो । जुन यो एयरपोर्ट र फास्ट ट्र्याकको विषय । तोकिएको टार्गेटमा जानसक्छौं कि सक्दैनौँ ? फास्ट ट्र्याक तोकिएकै समय भित्र सम्पन्न गरि सक्नु पर्छ तोस जानका लागि नेपाली सेनाले विभिन्न जिम्मेवारीहरु ऐतिहासिक रुपमा सम्पन्न गरेको छ । नेपाली सेनाको आफ्नो छुट्टै पहिचान छ । नेपाली जनताको मनमा छुट्टै पहिचान छ । नेपालको सन्दर्भमा धेरै खालको कामहरु नेपाली सेनाले गरेको छ । संसारभर प्रख्याती पाएको छ । फाष्ट्र ट्र्याक नेपाली सेनाको प्रतिष्ठासँग जोडिएको छ । देशको प्रतिष्ठाको विषय हो । यो सरकारको प्रतिष्ठासँग जोडिएको छ । र, हामी सबैले भनिराखेका छौं–यो जति छिटो बनाउँछौ, यसले देशभरको आर्थिक क्षेत्रमा ल्याउने सङ्ख्यात्मक, गुणात्मक परिवर्तनमा ठूलो असर पर्छ । त्यसैले त्यति महत्वको योजना भएको हुनाले हामीले २०८३ को चैत्र मसान्त तोकेका छौ । त्यो भित्र टुङ्ग्याउने गरी २४ घण्टामा २० घण्टा काम गर्नुपर्ने हो कि, २४ नै घण्टा गर्नुपर्ने हो कि । त्यसलाई त्यही रुपमा लिएर फास्ट ट्र्याकलाई कहीँ पनि कम्परमाईज गर्नु भएन । जहाँ समस्या छन् । त्यो आजै हुनुप¥यो । सरकारले गर्नुपर्ने काम गरौँला । तर, यसमा समय थप खर्चने वा टार्ने हामीसँग अनुमति छैन । यसलाई त्यही महत्वको साथ नेपाल सरकारले लिएको छ । सिङ्गो देशको, संसद्को पनि यसमा लगानी छ । त्यही अनुसारको तयारी गर्नुप¥यो । विशेष गरेर ठेकदारहरूले कुनै पनि बहानामा काम नगरेको सन्दर्भमा अत्यन्त कडाईका साथ जानुप¥यो । कहीँ पनि मोलाहिजा गर्नुभएन ।’

उपप्रधानमन्त्री खड्काले कुनै पनि काममा ढिलाइ नगर्न मन्त्रालय मातहतका निकायलाई सचेत गराए ।

बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले बजेटको अभावमा नेपाली सेनाले पाएको सडक निर्माण लगायतका जिम्मेवारी समयमै सम्पन्न गर्ने काममा ढिलाइ हुनु गएको स्पष्टीकरण दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =